सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • धर्नामा बसेका नेविसंघ कार्यकर्तालाई भेटेर के भने महामन्त्री गगनले?

धर्नामा बसेका नेविसंघ कार्यकर्तालाई भेटेर के भने महामन्त्री गगनले?

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्तालाई पार्टी महामन्त्री गगन थापाले भेटेका छन्। नाराबाजीसहित धर्ना दिइरहेका उनीहरुलाई  गगनले भेटेर माग सम्बोधनका लागि आफूले पहल गर्ने बताएका छन्।

महामन्त्री थापा पार्टीको कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगेका थिए। नेविसंघका कार्यकर्ताको नाराबाजीले कांग्रेस पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त बनेको छ।

नेविसंघ सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्नुपर्ने, उनले गरेको सम्पूर्ण काम खारेज गर्नुपर्ने र १३ औं महाधिवेशन सुनिश्चित गर्नुपर्ने माग राखेर नेविसंघका कार्यकर्ता धर्नामा बसेका हुन्।

स्ववियु निर्वाचनपछि विभिन्न जिल्लामा अध्यक्ष मनोनीत गर्दा नेविसंघभित्र विवाद देखिएको छ। कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक हुँदा विवाद बढेको हो। 

अध्यक्ष दुजाङले काठमाडौँ नेविसंघको अध्यक्ष मनिष डंगोललाई मनोनीत गरेपछि विवाद चर्किएको हो। नेपाली कांग्रेस काठमाडौंले अनशुल केसीको नाम एक नम्बरमा सिफारिस गरे पनि अध्यक्ष शेर्पाले डंगोललाई मनोनीत गरेका थिए। केसी नेता प्रकाशमान सिंह निकट हुन् भने जिल्ला अध्यक्षमा मनोनीत डंगोल महामन्त्री गगन थापा निकट हुन्।

प्रकाशित: Apr 02, 2023| 11:17 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...