सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  •  कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा

 कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा

नेपाली कांग्रेसले तनहुँ, चितवन र  बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ, चितवन र  बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०७९ वैशाखमा सम्पन्न निर्वाचनबाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने सबैको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डले जानकारी दिए। 

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिने साथै तिनका प्रस्तावक र समर्थक बस्नेलाई भने वैशाख १० गतेको उपनिर्वाचनमा खेल्ने भूमिकाको आधारमा निर्णय लिइने उनले बताए।

यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

बारा-२ मा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ। यसअघि गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। उपेन्द्र यादवलाई भने जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका हुन्।

प्रकाशित: Apr 02, 2023| 13:38 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...