काठमाडौं- आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।
राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू, बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव, रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।