सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपनिर्वाचनका लागि बारामा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी 

उपनिर्वाचनका लागि बारामा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी 

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

बारा- आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं.२ मा उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने भएको छ।

जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन्। बारा-२ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो। २०७० सालमा बारा क्षेत्र नं.६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लडेका छैनन्।

प्रकाशित: Apr 02, 2023| 16:34 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...