सोमबार, जेठ ६, २०८२

पिके नेविसंघमा कुन्दन समूह भर्सेस गगन समूह

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- काठमाडौंस्थित बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। केही समयअघि नेपाल विद्यार्थी संघको इकाइ सभापति सगुन कँडेलमाथि हातपात भएकोमा विरोध जनाउँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले निकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। 

विद्यार्थीहरुले ‘स्वास्थ्य लाभको कामना सगुन कँडेल’ लेखिएको प्लेकार्ड बोकेर क्याम्पसलाई शान्ति क्षेत्र बनाउन माग गर्दै प्रदर्शन गरेका थिए। 

केही समयअघि स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट समानुपातिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा विवाद बढ्दा इकाइ अध्यक्ष कँडेललाई अर्को समूहले कुटपिट गरेको थियो। साँझको ७ बजेतिर क्याम्पसको होस्टेलमा बसिरहेको अवस्थामा १०/१५ जनाको समुहले कोठाभित्रै छिरेर कुटपिट गरेको थियो।

कुटिएकीबाट घाइते भएकी कँडेल विगत पाँच दिनयता एभेरेस्ट अस्पताल उपचारत छिन्। कँडेल कांग्रेस केन्द्रिय सदस्य काफ्ले निकट विद्यार्थी नेता हुन्।

समानुपातिकबाट स्ववियु उपाध्यक्ष निर्वाचित भएकी कँडेलको टाउकोमा चोट लागेको छ। कुटपिटबाट घाइते भएकी कँडेललाई भेट्न नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेता अस्पताल पुगेका थिए।

चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीको नाम बुझाउने अन्तिम दिन नेविसंघ केन्द्रीय कार्यसमितिले सूची पठाएको थियो। केन्द्रीय कार्यसमितिको सूचीलाई दाहालको समूहले नमानेपछि विवाद भएको थियो। 

प्रकाशित: Apr 02, 2023| 19:09 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...