सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चुनाव प्रचार कार्यालय उद्घाटन गरेपछि वाग्लेले भने- शानदार रुपमा जित्नुपर्छ

चुनाव प्रचार कार्यालय उद्घाटन गरेपछि वाग्लेले भने- शानदार रुपमा जित्नुपर्छ

हालैमात्र नेपाली कांग्रेस त्यागेर रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ-१ बाट उपचुनाव लड्दैछन्।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले देशको अवस्था र अर्थ व्यवस्थामा सर्जरी नै चाहिने भएकाले आफू सांसद बन्न लागेको बताएका छन्।

तनहुँमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै उनले चितवन-२ मा जस्तै तनहुँ-१ ले पनि सन्देश दिनुपर्ने बताए। उनले भने, ‘अब सामान्य मतले जितेर पुग्दैन, शानदार रुपमा जित्नुपर्छ। चितवन-२ मा जस्तै तनहुँ-१ ले पनि सन्देश देओस्। किनकि बिरामी परेको राज्यव्यवस्था र अर्थ व्यवस्थाका लागि सर्जरी नै चाहिन्छ, सामान्य झारफुकले पुग्दैन।’

अब आउने पुस्ताले देशमै केही हुन्छ भन्ने आशा गर्ने ठाउँ बनाउन पनि आफूहरु लागिपरेको उनले बताए। उनले थपे, ‘देशमा कुशासन छ, प्रणाली भत्किएका छन्, सेटिङ भइरहेका छन्। सार्वजनिक संस्था क्षयीकरण भएको छ।’ आफूहरुले भ्रष्टाचारका फाइल खोल्ने बताउँदै उनले यो देशमा केही हुँदैन भन्ने नैराश्य चिर्न आफूहरु आएको तर्क गरे। २०८० साल देशको राजनीतिमा कोल्टे फेर्ने वर्ष भएको उनको भनाइ छ।

हालैमात्र नेपाली कांग्रेस त्यागेर रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ-१ बाट उपचुनाव लड्दैछन्।
 

प्रकाशित: Apr 03, 2023| 15:01 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...