शनिबार, जेठ ४, २०८२

पाटनको स्ववियु सभापति नेविसंघका बागी विजयी 

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन्।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन्। 

गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मतमात्रै ल्याउन सके। उनीहरूबीच १६९ मतान्तर रहेको छ।

नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो। 

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। 

पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो।

विवाद समाधानका लागि पटक-पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रकाशित: Apr 09, 2023| 07:04 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...