शनिबार, जेठ ४, २०८२

श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ : शेखर कोइराला

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौं राष्ट्रिय महाधिवेशन आइतबार वीरगञ्जमा उद्घाटन गर्दै उनले भने, “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन।”

श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा. कोइरालाले जोड दिए। आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उनको भनाइ थियो।

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गर्दै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताए। संविधानमा मधेशी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उनले जोड दिए।

यसका लागि श्रमिक संगठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो। “मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन्”, डा. कोइरालाले भने, “तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिंदै आएको छ।”

हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सातवटै प्रदेशमा मजदुरका लागि छुट्टै अस्पताल बनाउनुपर्ने बताए । यातायात क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित बनाउनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्व सांसद शोभाकर पराजुलीलगायतले आफ्नो धारणा राखेका थिए। वीरगञ्जस्थित टाउन हलमा शुरू भएको नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय महाधिवेशनमा देशभरीका मजदुर नेताको सहभागिता छ।

प्रकाशित: Apr 09, 2023| 17:00 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...