आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सदनमा एमालेका शाही मात्रै उपस्थित, चार दलीय गठबन्धनमा आएको दाबी

सदनमा एमालेका शाही मात्रै उपस्थित, चार दलीय गठबन्धनमा आएको दाबी

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलमा बैठकमा सहभागी भएका शाही पार्टी निर्णय विपरित बैठकमा सहभागी भएका हुन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

बुटवल- सूर्य चुनाव चिन्हबाट नवलपरासीको क्षेत्र १ को 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य अजय शाही प्रदेशसभा बैठकमा सहभागी भएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलमा बैठकमा सहभागी भएका शाही पार्टी निर्णय विपरित बैठकमा सहभागी भएका हुन्। 

यसअघि एमाले संसदीय दलको बैठकले संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। सदनमा सत्तापक्षको कुर्सीमा उनी मात्रै थिए। शाही चार दलीय गठबन्धनको पक्षमा आएको र उनलाई गठबन्धनले स्थान दिने कांग्रेस दलका नेता वीरेन्द्र कानौडियाले बताए। 

एमालेका संसदीय दलका नेतासमेत रहेका शंकर पोखरेल अल्पमतमा परेसँगै दिउँसो राजीनामा दिएका थिए। संसद् बैठकमा अविश्वासको प्रस्तावको सामना नगरी अन्तिम समयमा पोखरेलले राजीनामा दिएका हुन्। 

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव संसद्‍मा पेस भएर निर्णयार्थ प्रस्तुत नभई मुख्यमन्त्रीले प्रदेशप्रमुखसमक्ष दिएको राजीनामाको व्यहोरा सुनाएर सकिएको छ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुखले नयाँ मु्ख्यमन्त्रीका लागि दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन्। 

प्रकाशित: Aug 11, 2021| 17:07 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।