मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उवा महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित

उवा महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएकी छन्। उनी ८ सय ४६ मत पाएर निर्वाचित भएकी हुन्।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएकी छन्। उनी ८ सय ४६ मत पाएर निर्वाचित भएकी हुन्।

श्रेष्ठ वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र संघई प्यानलबाट चुनाव लडेकी थिइन्। उनको प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत पाएका छन्।

अर्का एशोसिएट उपाध्यक्ष भरत उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठका साझा उम्मेद्वार हुन्।

एशोसिएटको कार्यसमिति सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दिपकुमार अग्रवाल, जुना माथेमा, ऋषि अग्रवाल, मुकुन्दप्रसाद तिमिल्सिना र हेमन्त गोल्छा निर्वाचित भएका छन्।
 

प्रकाशित: Apr 13, 2023| 08:33 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्