आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेको नेपाल पक्षले भन्यो– अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ

एमालेको नेपाल पक्षले भन्यो– अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकता कायम गर्न नसकेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ। उक्त समूहले नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने केन्द्रीय कमिटीलाई सुझाव दिएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

बुटवल– नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकता कायम गर्न नसकेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ। उक्त समूहले नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने केन्द्रीय कमिटीलाई सुझाव दिएको छ। 

नेपाल पक्षको रुपन्देही जिलल कमिटीको प्रथम बैठकले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिएर पार्टी एकता कायम गर्न सुझाव दिएको हो। दुई दुुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए। 

बैठकले पार्टी सदस्यता नवीकरण र पार्टी सदस्य आवेदन भदौ मसान्तसम्म सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन गरेको छ। यसैगरी बैठकले जिम्मेवारी विभाजन पनि गरेको छ। भदौ १५ भित्र पालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको नेकपा एमाले उपसचिव सिद्धि भट्टराईले बताए। 

बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य डा. विजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता पर धेकिलिएको बताए। उनले दुई दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नु र नेकपाभित्र विधि पद्धति मिचेको भन्दै बैठकमा आत्मालोचना गरेर गल्ती महसुस गरेमा पार्टी एकता जोगिने बताए। तर, ओली यसमा तयार नभएको उनको आरोप छ। 

बैठकमा प्रदेशसभा सदस्य बिष्णु पन्थी, अर्का सदस्य रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई , प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकाल, नेताहरु छत्र ब खत्री, डा. बालकृष्ण चापागाईको उपस्थिती थियो।


प्रकाशित: Aug 14, 2021| 18:22 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।