आइतबार, असार २९, २०८२

लुम्बिनीको हिउँदे अधिवेशन मंगलबारदेखि

लुम्बिनीमा नयाँ सरकार गठन भएपछि मंगलबार पहिलो पटक हिउँदे अधिवेशन बस्ने भएको छ ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

बुटवल– लुम्बिनीमा नयाँ सरकार गठन भएपछि मंगलबार पहिलो पटक हिउँदे अधिवेशन बस्ने भएको छ । चार दलीय गठबन्धनबाट कुल प्रसाद केसीको नेतृत्वमा सरकार गठन भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार दिउँसो बस्न लागेको हो । 

साउन २७ गते शंकर पोखरेल नेतृत्वको सरकार ढलेर चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका थिए ।

मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने छन् । नवौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्  गठन एवं कार्य विभाजन सम्बन्धी पत्र समेत सभामुखले पढेर सुनाउनेछन्।  चारदलीय गठबन्धनबाट नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले सभालाई विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। 

यस्तै मंगलबारको बैठकमा प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूसची  रहेको छ । 

गठबन्धनले पहिलो दिनमै विश्वासको मत लिने चर्चा भएपनि तत्तकाल भने केहि नगर्ने माओवादी केन्द्र संसदीय दलका नेता तुलाराम घर्तीले बताए । उनले मुख्यमन्त्रीको बिशेष सम्बोधन हुने बताए । सरकारले भने विश्वासको मत लिएपछि मन्त्रिमण्डल समेत विस्तर गर्ने तयारी गरेको छ । 

मुख्यमन्त्री नियुक्त भएलगत्तै सात सदस्यीय मन्त्रिमण्डल बनेको छ ।  गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिमण्डलले पूर्णता पाएको छैन । 


प्रकाशित: Aug 16, 2021| 19:42 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।