आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा सत्ताबाट बाहिरएपछि पहिलो दिनमै एमालेको सदनमा अवरोध

लुम्बिनीमा सत्ताबाट बाहिरएपछि पहिलो दिनमै एमालेको सदनमा अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

बुटवल– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ। साउन २७ गते चार दलीय गठबन्धनबाट सरकार बनेपछि मंगलबारदेखि हिउँदे अधिवेशनको आह्वान भएको थियो। 

तर, प्रतिक्षी दल एमालेले सूर्य चुनाव चिन्हबाट विजयी भएका अजय शाही र माओवादी रोजेकी विमला कुमारी खत्री वलीलाई कारवाही नगरेको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो। 

एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमनपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।  एमालेले आफूले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ। 

एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही र विमला कुमारी वलीलाई पदबाट निलम्बन गर्न माग गरेको छ। २ जना पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जनाए। 

सदन शुरु भएलगत्तै उनले समय लिएर बोल्दै सदन चल्न नदिने जानकारी गराएका थिए। ढकालले एमाले संसदीय दलको ह्विप उल्लंघन गर्ने र विधान विपरीत गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे। 

ढकालले संसद अवरोध गर्ने बताए पनि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको र मन्त्रिमण्डल गठनको पत्र पढेर सुनाएका थिए। 

विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बुधबार दिउँसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन्।  सभामुख पूर्णबहादुर घर्तीले कारबाहीको पत्र सचिवालयले कानुनी प्रक्रियाअनुसार अघि बढाउने बताएका छन्। मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र केही विधेयकहरु पेश गर्ने कार्यसूची थियो।

प्रकाशित: Aug 17, 2021| 15:54 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।