आइतबार, असार २९, २०८२

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गैरे

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गोविन्दराज गैरे निर्वाचित भएका छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

बुटवल– उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गोविन्दराज गैरे निर्वाचित भएका छन्। संघको दोस्रो अधिवेशनबाट  अध्यक्षमा गैरेसहित १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

अध्यक्षमा निर्वाचित गैरे ओसियन अटोका सञ्चालक युवा उद्यमी हुन् ।  उनले बुटवलमा विद्युतीय कार भित्र्याएका हुन् । संघको उद्योग उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्षमा लोकनाथ पन्थी, महासचिवमा पदम जीसी, सचिवमा यमलाल मरासिनी, कोषाध्यक्षमा अन्जु पाण्डे र  सह–कोषाध्यक्षमा नम्रता थापा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा न्याजुद्दिन मिया, भरत केसी, विष्णु मरासिनी,  देवेन्द्रबहादुर राना, भेषराज अर्याल, नारायणप्रसाद पाण्डे, प्रविण श्रेष्ठ, विनोद खाती, जनेश पन्थी, अर्जुन गिरी, दिपिका क्षेत्री, कोशलराज भण्डारी निर्वाचित भएका निवर्तमान अध्यक्ष प्रवीणबहादुर पाठकले जानकारी दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुली र केन्द्रीय सदस्य खेम श्रीसले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराएका छन् । संघमा ६ सय उद्योगी व्यवसायी आवद्ध रहेका अध्यक्ष गैरेले बताए ।


 

प्रकाशित: Aug 17, 2021| 17:18 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।