बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भन्‍सार कार्यालयको 'बदमासी' : पुराना गाडीलाई नयाँ भन्दै लिलाम

भन्‍सार कार्यालयको 'बदमासी' : पुराना गाडीलाई नयाँ भन्दै लिलाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलाली भन्सार कार्यालयले वर्षौ पुराना गाडीहरुको नयाँ उत्पादनको मिति राखेर लिलामी गर्न लागेको खुलासा भएको छ। सवारी साधन लिलामीका लागि २१ दिने सूचना निकालेको कार्यालयले उत्पादन मितिमा चलखेल गरेको पाईएको हो।  

लिलामीको सूचना जारी गरेपछि भन्सार कार्यालयले चलखेल गरेको आरोप लागेको हो। कार्यालयले अहिले बेलुकीबाट बोलपत्र खोल्ने काम सुरु गरेको छ। बोलपत्र खोलिदै छ। 

२००७  उत्पादन वर्ष भएको होन्डा सिटी कारको २०१४ उत्पादन वर्ष भनेर सूचना जारी गरेको भेटिएको छ। यस्तै सेन्ट्रो कारको २००८ उत्पादन बर्ष भएकोमा २०१२ राखिएको छ भने सुजुकी कारको २००६ उत्पादन बर्ष भएकोमा २०१२ राखेर लिलामीका लागि सूचना जारी गरिएको थियो। 

दश वर्ष पुरानो गाडी लिलामी गर्नै नपाउने नियम भएपनि कैलाली भन्सारले नयाँ उत्पादन मिती राख्दै सुचना जारी गरेको शिलवन्दी बोलपत्र फाराम भरेका धनगढीका छत्र शाहीले बताए। १० बर्ष पुराना गाडीलाई स्‍क्रयाब अर्थात कवाडीका लागि मात्रै बिक्री गर्न पाईन्छ। त्यस्का लागि भन्सार कार्यालयले छट्टै सुचना जारी गर्नुपर्ने हुन्छ। तर भन्सार कार्यालय कैलालीले भने मापदण्ड विपरित १० बर्ष पुराना गाडीको उत्पादन बर्ष नयाँ राखेर लिलामी गर्न खोजेको आरोप लागेको छ।
 
यस्तै लिलामीको प्रक्रिया नै गलत भएको भन्दै भन्सार कार्यालयलाई अहिलेको प्रक्रिया खारेज गरेर नयाँ प्रक्रिया थाल्न माग गरिएको छ।

भन्सार कार्यालयलाई निवेदन दिएर लिलामीको प्रक्रिया खारेजीको माग भएको हो तर भन्सार कार्यालयले भने बोलपत्र खोलीरहेको छ। यता भन्सार कार्यालय कैलालीका प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले भने प्राविधिक ऋुटी भएकोले सच्याईने बताए। 

उनले यातायात कार्यालयका प्रतिनिधि र ईन्जिनियरहरुको टोलीले बुझाएको प्रतिवेदन लिलामीको सुचना प्रकाशन भएकाले ऋुटी भएको भेटिएमा सुधार गरिने बताए। कार, जिप र मोटरसाईकल गरि १ सय ८ वटा गाडी लिलाम गर्न सुचना जारी भएकोमा ५ सय ८१ जनाले शिलबन्दी बालपत्र फाराम पेश गरका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।