शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारकाे कार्यालय अगाडि जब एकोहाेराे शङ्ख बज्याे...

अख्तियारकाे कार्यालय अगाडि जब एकोहाेराे शङ्ख बज्याे...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - सुर्खेतको इत्रामस्थित विवेकशील साझाको पार्टी कार्यालयबाट एकाएक एक दर्जन मान्छेको हुल निस्कियो। ‘ठूला माछा समाऊ अभियान’ लेखिएको ब्यानर बोकेका उनीहरुमध्ये एक जनाकोे हातमा शंख, बाँकीका हातमा घन्ट र सिठ्ठी थियो।

हुल सडकमा पुगेपछि ठूलो स्वरमा शंख बज्न थाल्यो। एकाएक शंखको आवाज सुनेपछि छिमेकीहरुले के भएको हो भनेर अन्यौलमा परे। त्यतिकैमा सिठ्ठी बजाउँदै हुल अघि बढ्यो। घन्ट र सिठ्ठी भन्दा शंखको ठूलो आवाजले सडकमा यात्रा गरिरहेका र छरछिमेक सबैले अच्चममा परे। थोरै तर अनौठो आन्दोलनको दृश्यले अचम्म नपर्ने कुरा पनि भएन।

मंगलबार विवेकशील साझा कर्णाली प्रदेशले भ्रष्टाचारमा मुछिएलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान कायोगको कार्यालय सुर्खेतलाई ध्यानाकर्षण पत्र बुझाउँदा शंख बजाएको थियो।

भ्रष्टाचारमा संलग्न ठूला माछा अर्थात भिआइपीहरुलाई कारबाही गर्न विवेकशिलले यो अभियान सुरु गरेको हो। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार गर्दै कर्णाली प्रदेशले पनि अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाइएको विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले बताए। पछिल्लो समय भ्रष्टाचारका काण्डले राज्य संयन्त्रप्रति जनताको विश्वास घुमेको भन्दै संवैधानिक अधिकार प्राप्त अख्तियार सक्रिय हुनुपर्ने उनको भनाई छ। विवेकशिलले बाइबडी, सुन काण्ड, आयल निगम, फोजी र एनसिएल काण्डमा संलग्नहरुलाई कारबाही गर्न दवाव स्वरुप ‘ठूला माछा समाऊ’ अभियान अन्तरगत ध्यानाकर्षण पत्र बुझाएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।