शुक्रबार, जेठ ३, २०८२

हेटौँडामा एकैपटक १० हजार कुखुरा कसरी मरे? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मकवानपुर- करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् ।

भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् ।

मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताए।

अधिकारीले आफूहरू मानव स्वास्थ्यप्रति गम्भीर भएकाले सरकारी प्रयोगशालाको परीक्षणमा बर्डफ्लु प्रमाणित भए कुखुरा आफैँ नष्ट गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

'मरेका कुखुरा एकैदिनको रोगले मरेको पाइएको छ, त्यस्तो गभारो तथा रानीखेत नाम गरेका रोगले मात्र हुन्छ । हामीलाई थाहा भएअनुसार ती कुखुरा रानीखेत नामक रोगका कारण मरेको हुनसक्छ', उनले बताए ।

अध्यक्ष अधिकारीले मकवानपुरमा कुखुरा व्यवसायीले रु पाँच अर्ब लगानी गरेको र सञ्चारमाध्यममा गलत कुरा प्रकाशन वा प्रसारण भएमा कुखुरापालन क्षेत्रमा गम्भीर समस्या निम्तिनसक्ने भन्दै सञ्चारमाध्यमहरूलाई सत्य तथ्य समाचार सङ्कलनका लागि अनुरोध गरेका छन् ।

त्यस्तै भेटरिनरी अस्पताल तथा पशु सेवाविज्ञको कार्यालयले पनि कुखुरामा देखिएको रोग बर्डफ्लु नभएको जनाएको छ ।

 ‘एचनाइन एन टु भाइरस’ नामक प्रकोपले कुखुराहरू मरेको केन्द्रका प्रमुख डा चेतनारायण खरेलले जानकारी दिए। 'हामीले सङ्क्रमण पत्तालगाई सक्यौँ र त्यसको निदान पनि लगभग भइसकेको छ', उनले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।