काठमाडाैं- हेलिकोप्टर दुर्घटनामा परि निधन भएका नेकपाका केन्द्रीय सदस्य रविन्द्र अधिकारी प्रति सो पार्टीले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
सो पार्टीको बिहीबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको सो पार्टीको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। त्यसैगरी अधिकारीको पार्थिव शरिर लाई श्रद्धान्जलीका लागि पार्टी कार्यलय धुम्बाराही र त्यसपछि खुल्लामंचमा राख्ने निर्णय सो पार्टीले गरेको छ।
बैठकले फागुन १९ गते देशभरी श्रद्धान्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ भने तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाले फागुन २३ गते केन्द्रीय कार्यालयमा श्रद्धान्जली सभा गर्ने पनि निर्णय गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४