शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • श्रद्धान्जलीका लागि मन्‍त्री अधिकारीसहित सातै जनाको शव टुडिखेलमा

श्रद्धान्जलीका लागि मन्‍त्री अधिकारीसहित सातै जनाको शव टुडिखेलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धान्जलीका लागि टुडिखेलमै राखिएको छ । बिहान ८ बजे शिक्षण अस्पताल महाराजगन्जबाट उनीहरुको शव टुडिखेल ल्याइएको हो ।

श्रद्धान्जलीका लागि हिजो बिहीबार नै टुडिखेलमा शव राख्ने भनिए पनि शव पोष्टमार्टम हुन समय लागेपछि आज मात्रै शव टुडिखेलमा राखिएको हो । श्रद्धान्जली अर्पणका लागि हजारौको संख्यामा सर्वसाधरणको भिड लागेको छ । सर्वसाधरणको जनसागर उर्लिएपछि सुरक्षाकर्मीलाई व्यवस्थापनका लागि हम्मे हम्मे परेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीलगायत उच्च पदस्तहरुले टुडिखेलमै आएर श्रद्धान्जली अर्पण अर्पण गरिसकेका छन् । श्रद्धान्जलीका लागि सातै जनाको शव बिहान ११ बजेसम्म टुडिखेलमा राखिने जनाइएको छ । 

श्रद्धान्जली कार्यक्रमपछि शव आफन्तलाई बुझाउने कार्यक्रम छ । मन्त्री अधिकारीको आजै गृह जिल्ला कास्कीमा अन्त्येष्टि गरिने भएको छ भने अन्य ब्यक्तिको पनि आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको सस्ने खोला क्षेत्रमा दुर्घटनामा परेको थियो ।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।