शुक्रबार, जेठ ३, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन १९ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

‘सरकार अधिनायकवादको बाटोमा'

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । नागरिकको वाक् स्वतन्त्रतामाथि समेत रोक लगाउन खोजेर सरकार अधिनायकवादतर्फ उद्त हुँदै गइरेको देउवाले बताएका छन् ।

पशुपतिमा रमाएका बाबाजीहरू (भिडियो)

महाशिवरात्रीका बेला पशुपति क्षेत्रमा बाबाजीहरूको विशेष चहलपहल हुनेगर्छ। यसपटक पनि बाबाजीहरूको भीडले महाशिवरात्रीको माहोललाई थप रमाइलो बनाएको छ।

रारा पर्यटन वर्षको उद्घाटनमा लाखौंको भ्रष्टाचार

कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसारको लागि भन्दै प्रदेश सरकारले गत बैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ लाखौं भ्रष्टाचार भएको देखिएको छ। कर्णाली प्रदेशको लेखा समितिले निकालेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रममै सरकारले ३७ लाखभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनपछि सरकारले भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। समितिले ३७ लाख ७७ हजार ७ सय १७ रुपैयाँ ७९ पैसा सरकारले भ्रष्टाचार गरेको देखाएको छ।

‘जनताप्रति समर्पित उच्च नेता अधिकारी’

मुलुकको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री बनेर जनप्रिय र कल्याणकारी कार्यक्रममार्फत जनताको मनमा बस्न सफल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवङ्गत नेता भरतमोहन अधिकारीको योगदानलाई कहिल्यै भुल्न नसकिने उनका शुभेच्छुकले बताएका छन्। 

सिआबी प्रमुखको गाडी ट्राफिक कारवाहीमा

नेपाल प्रहरीका नायब महानिरीक्षक डिआजी  हरिभक्त प्रजापती चढ्ने गरेको गाडी कारबाहीमा परेको छ। 

यस्तो छ सैन्य दिवसको तयारी 

महाशिवरात्रीको दिन नेपाली सेनाको दिवस पनि हो। सैन्य दिवसका दिन सैनिक मंचमा सेनाले विशेष कार्यक्रम राखेको छ। सेनाले शुक्रबार अन्तिम चरणको अभ्यास गरेको छ।

१४ वर्षीया किशोरीको करेन्ट लागेर ज्यान गयो

बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ थारीकाँडामा आइतबार बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

प्रदेश २ मा संघीयता बहस, नेताहरूका आआफ्‍नै तर्क

मुलुकमा संघीयता कार्यान्वयन भएको एक वर्षभन्दा बढी भइसकेको छ। नेपाल संघीय गणतान्त्रिक मुलुक भइसकेपनि आमजनताले विगतभन्दा धेरै फरक अनुभूति गर्न नसकेको अवस्थामा प्रदेश २ मा संघीयता कार्यान्वयनसम्बन्धमा गम्भीर बहस सुरु भएको छ।  

अस्थायी शिक्षक आन्दोलनमा

सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै अस्थायी शिक्षक संघर्ष समितिले काठमाडौंमा बिरोध कार्यक्रम गरेको  छ।

राजेन्द्र महतोका स्वकीय सचिवले दिए पदबाट राजीनामा

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आर्थिक गतिविधिमा संलग्न रहेको भन्दै उनका स्वकीय सचिव रबिन्द्र चौधरीले पदबाट राजीनामा दिएका छन्।

आङ छिरिङको अन्त्येष्टि टेकुघाटमा 

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ।

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेकपाका नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए। सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो। अधिकारीको पार्थिव शरीमा उनका छोरीहरु र पत्नीले दागबत्ती दिएका थिए।

विखण्डनको गतिविधि हुँदा पनि सरकार उदासिन : थापा 

राप्रपा अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन्।

‘सरकार अधिनायकवादको बाटोमा'

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । नागरिकको वाक् स्वतन्त्रतामाथि समेत रोक लगाउन खोजेर सरकार अधिनायकवादतर्फ उद्त हुँदै गइरेको देउवाले बताएका छन् ।

सर्लाहीमा गोली हानी यादवको हत्या

अज्ञात समूहले गोली हानेर सर्लाहीमा एक युवकको हत्या गरेको छ । अज्ञात समूहले मलंगवा नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय मनोजकुमार यादवको गोली हानेर हत्या गरेको छ ।

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

राष्ट्रियसभाको आइतबारको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । 

‘सरकार अधिनायकवादको बाटोमा'

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । नागरिकको वाक् स्वतन्त्रतामाथि समेत रोक लगाउन खोजेर सरकार अधिनायकवादतर्फ उद्त हुँदै गइरेको देउवाले बताएका छन् ।

सर्लाहीमा गोली हानी यादवको हत्या

अज्ञात समूहले गोली हानेर सर्लाहीमा एक युवकको हत्या गरेको छ । अज्ञात समूहले मलंगवा नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय मनोजकुमार यादवको गोली हानेर हत्या गरेको छ ।

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

राष्ट्रियसभाको आइतबारको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । 

नौ 'स' ले सधैँ सम्झाइरहनेछ भरतमोहनलाई

२०५१ सालमा एमालेको अल्पमतको सरकार बन्दै गर्दा प्रमुख प्रतिपक्षमा थन्कियो नेपाली कांग्रेस। संसद्मा रहेका २०५ सांसदमध्ये एमाले नेतृत्वको सरकारले पाएको थियो एक सय ९८ मत। तत्कालीन संविधानमा संसद्मा सबैभन्दा ठूलो दलले सरकार बनाउने व्यवस्था थियो। त्यसले ३० दिनभित्र विश्वासको मत पाउनुपर्ने थियो। सोअनुसार मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई संसद्मा उपस्थित सबै दलले विश्वासको मत दिएका थिए।

कहिलेसम्म धुम्मिन्छ मौसम ? यस्तो छ तीन दिनकाे मौसमी विवरण 

पश्चिमी वायुको प्रभावका कारण आइतबार पनि देशभरको मौसम प्रभावित भएको छ । शनिबार रातिदेखि सक्रिय पश्चिमी वायुका कारण केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । 

धनकुटामा गोली लागेर सेनाका एक सिपाहीको मृत्यु

आफैंले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो । 

पोखरा  विमानस्थल रवीन्द्रको नाममा राख्न माग

पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । 

श्रद्धाञ्जलीका लागि पूर्वअर्थमन्त्री अधिकारीको शव धुम्बाराहीमा  

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएकाे छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।