शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • २४ कम्पनीले गरे पौने दुई अर्ब राजस्व छली, मुख्य अभियुक्त पक्राउ

२४ कम्पनीले गरे पौने दुई अर्ब राजस्व छली, मुख्य अभियुक्त पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राजस्व अनुसन्धान विभागले २४ कम्पनी तथा फर्मविरुद्ध कर छली गरेको भेट्टाएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। ती कम्पनी तथा फर्म सञ्चालकविरुद्ध एक अर्ब ७५ करोड रुपैयाँको बिगो कायम गरिएको हो।

विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक दीर्घराज मैनालीले कर छल्ने कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको बताए। ‘झूटा तथा नक्कली बिजक बिक्री गरी राजस्व छली गर्ने मुख्य व्यक्ति जयकिशोर शाह र परमेश्वर शाहलाई पाउ गरी अनुसन्धान सम्पन्न भएको छ,’ उनले भने, ‘ती दुईसहित २४ वटा कम्पनी तथा फर्मका सञ्चालकसमेतलाई एक अर्ब ७५ करोड बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।’

उनका अनुसार नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर बिजकबाट ठूलो परिमाणमा कर छली भइरहेको सूचनाका आधारमा अध्ययन सुरु गरिएको हो। त्यसपछिको लामो अध्ययन, विश्लेषण तथा सुक्ष्म अनुसन्धान प्रयासबाट झूटा तथा नक्कली बिलबिजकहरुको कारोबार गर्ने दुई जना व्यक्तिलाई पक्राउ गरी तिनीहरुलाई अनुसन्धानको दायरामा ल्याएपछि उक्त घटनाको गहिराइमा पुग्ने बाटो खुलेको थियो।

कम्पनी तथा फर्महरुले निम्न स्तरका मजदुरहरुलाई आर्थिक प्रलोभनमा पारी तिनीहरुका नाममा फर्म कम्पनी दर्ता गराई बैंक तथा वित्तीय संस्थामा खाता खोली गलत ढंगले खाता सञ्चालन गर्दै आएको पाइएको छ। ‘कम्पनीको दर्तावाला व्यक्ति र अन्य कुनै एक आफू नियन्त्रित व्यक्तिलाई कर्मचारीका रुपमा राखी खाता सञ्चालन गर्न लगाई संगठित रुपमा राजस्व चुहावट गरेको पाइएको हो,’ उनले भने ‘प्रतिवादीहरु जयकिशोर शाह तथा मुकेश शाहसमेतले विभिन्न व्यक्तिहरुका नाममा व्यापारिक फर्म दर्ता गराई निजहरु सम्बद्ध फर्महरुमार्फत झूटा तथा नक्कली कर बिजक गरी मूल्य अभिबृद्धि कर र आयकर छली गरेको प्रमाणित भएको हो।’ सोही कसुरअनुसार कानुनबमोजिम मुद्दा अघि बढाइएको उनको भनाइ छ।

उनका अनुसार प्रतिवादीलाई बिगोबापतको रकम असुल गरी सोही ऐनबमोजिम बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्षसम्म कैद सजाय माग दाबी गरी पुस १९ गते मुद्दा दायर गरिएको छ। 

यस्ता छन् करछली गर्ने कम्पनी र कायम गरिएकाे विगाे:-



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्