शुक्रबार, जेठ ३, २०८२

हुवावेले ल्यायो वाई सेभेन, मूल्य १९ हजार नौं सय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- हुवावेले स्मार्टफोन वाई सेभेन २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त फोन सहज मूल्यमा उत्कृष्ट कार्यक्षमता भएको कम्पनीका्े दावी छ।

वाई सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन हुवावे वाई सेभेन विभिन्न रंगहरूमा उपलब्ध रहेको जनाइएको छ। जसको मूल्य १९ हजार ९९० रुपैयाँ तोकिएको छ। स्मार्टफोनको विशेषताहरुमा ६.२६ इन्चको ठूलो ड्यूड्रप डिस्प्ले, १३ एमपी प्लस २ एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा जडान गरिएको छ। फोनमा दुई दिनसम्म चल्ने चार हजार एमएमएच क्षमताको ब्याट्री समावेश गरिएको छ।

दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहने कम्पनीको भनाइ छ। ८६.७ प्रतिशत स्क्रीन-टु-टीपी रेसियो रहेको छ। जसमा सहज तरिकाबाट फोटो खिच्न सकिन्छ। वाई सेभेनमा फेस अनलक २.० रहेको छ। जसले फोन अनलग गर्न छिटो र सहज हुन्छ। स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गरी मात्र अनलक हुने जनाइएको छ।

स्मार्टफोनले डुअल फोरजी र डुअल भिओलटीई सपोर्ट गर्दछ। यसबाट प्रयोगकर्ताले एकैपटक एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्ने जनाइएको छ। फोनमा ५१२ जिबीसम्मको मेमोरी राखिएको छ। ३२ जिबीको इन्टरनल स्टोरेज पनि स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्