शुक्रबार, जेठ ३, २०८२

आजका अखबार : सिकेको सेफ ल्यान्डिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरुले सरकार र सिके राउतबीच शुक्रबार भएको ११ बुँदे सहमतिलाई आफ्नो मुख्य पृष्ठमा प्राथमिकताका साथ स्थान दिएका छन्। सरकार र राउतबीच शुक्रबार राष्ट्रिय सभा गृहमा ११ बुँदे सहमति भएपछि राजनीतिक वृत्तमा यो विषय चर्चाको विषय बन्न पुगेको छ। केहिले सहमतिको विषयलाई सकरात्मक रुपमा लिएपनि कांग्रेसले भने सहमतिका केहि बुँदामा सरकारसँग जवाफ माग गरेको छ। सहमति पछि राउत र प्रधानमन्त्री ओलीले सम्बोधनसमेत गरेका थिए। सम्बोधनका क्रममा राउतले आफू मुलधारको राजनीतिमा आएको घोषणा गरेका थिए। सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राउतले हस्ताक्षर गरेका थिए।

शनिबारको नागरिक दैनिकले यसै विषयलाई प्रमुख स्थान दिँदै 'सिकेको सेफ ल्यान्डिङ' शिर्षकमा समाचार प्रकाशित गरेको छ। राउत र सरकारबीच भएको सहमतिलाई मधेसका राजनीतिक विश्लेषकले बाध्यात्मक कदमको संज्ञा दिएका छन्। राजनीतिक वस्तुस्थिति मूल्यांकन गरेर राष्ट्र विखण्डनको मुद्दा छाडी राउतले ‘सेफ ल्यान्डिङ’ को बाटो रोजेको ठम्याइ विश्लेषकहरूको छ।

नागरिक दैनिकले नै चिनियाँ राजदूत नेपाली गीतमा नाचेको समाचारलाईसमेत आफ्नो प्राथमिकतामा पारेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली गीतमा राजदूत होउ यान्छीले नृत्य प्रस्तुत गर्दै उपस्थित सबैको मन जितेकी थिइन्।

यस्तै नयाँ पत्रिकाले सहमतिकाे विषयलाई 'सिके राउतसँग द्विअर्थी सहमति' शिर्षकमा समाचार प्रकाशित गरेको छ। सरकारले जनमतसंग्रह स्वीकार गरेको राउतले बताएका छन् भने यता सरकारले जनमतसंग्रह सहमतिमै उल्लेख नभएको दाबी गरेको प्रस‌ंगसमेत नयाँ पत्रिकाले उल्लेख गरेकाे छ। नयाँ पत्रिका लेख्छ - मधेसलाई छुट्टै देश बनाउनुपर्ने भन्दै पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका छन् । सहमतिलाई दुवै पक्षले आ–आफ्नै ढंगले व्याख्या गर्न थालेका छन् । कार्यक्रमबाट बाहिरिएलगत्तै राउतले फेसबुक पेजमा आफूहरूले उठाउँदै आएको स्वतन्त्र मधेसको मागबारे जनमतसंग्रहबाट टुंगो लगाउन सरकार तयार रहेको उल्लेख गरे । जसले देश नै तरंगित भएको छ । जनमतसंग्रहको माग सहमतिको बुँदा नं। २ ले सम्बोधन गरेको राउतको जिकिर छ । उक्त बुँदामा भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने वाक्यलाई राउतले ‘जनमतसंग्रह’ भनिएको दाबी गरेका छन् । तर, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले भने राउतको व्याख्याप्रति असहमति जनाएका छन् । ‘सहमतिका बुँदामा भएभन्दा बाहेक सिके राउत समूहसँग यदि, तर, कमा, फुलिस्टप, कुनै पनि प्रकारको सहमति भएको छैन,’ उनले नयाँ पत्रिकासँग भने ।

अन्नपूर्ण पोष्टले यसै विषयलाई 'मूलधारतिर सिके राउत' शिर्षक राखेर समाचार प्रकाशित गरेको छ। ‘सरकारसँग भएको ११ बुँदे सहमति पछि राउत मूलधारको राजनीतिमा फर्केका छन्’, अन्नपूर्ण लेख्छ, ‘आश्चर्यजनक ढंगले शुक्रबार राउतसँग ११ बुँदे सहमति गरी उनलाई मूलधारको रानीतिमा ल्याउन सरकार सफल भएको छ।’ यसैगरी सुनुवाई समितिको अकर्मण्यता शिर्षकको समाचार पनि अन्नपूर्णले प्राथमिकतामा राखेको छ। संविधानविद्हरुले मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समिम मिया अन्सारीलाई जस्केलाबाट नियुक्तिको बाटो खोलिदिने संसदीय सुनुवाई समितिको निर्णयमा आपत्ती जनाएका छन्।उनीहरुले यसलाई संविधानमाथिको जालझेल भएको बताएका छन्।

कान्तिपुर राष्ट्रिय दैनिकलेसमेत राउत र सरकारबीच भएको सहमतिलाई मुख्य विषयवस्तु बनाएको छ।  कान्तिपुरले यस विषयलाई राउतले छाडे विखण्डनको मुद्दा शिर्षकमा समाचार प्रकाशित गरको छ। सहमतिबारे नेकपाभित्रै देखिएको असन्तुष्टिलाईसमेत कान्तिपुरले समाचार बनाएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।