शुक्रबार, जेठ ३, २०८२

विद्यार्थीको मत्युपछि पाटन तनावग्रस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बैतडीको पाटनमा शनिबार विमानस्थल कालोपत्रे गर्ने ग्रेडरले किचेर एकजना विद्यार्थीको ज्यान गएको घटनापछि पाटन बजार तनावग्रस्त भएको छ। आइतबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन्।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभी निर्माण कम्पनीको ग्रेडरले किचेर शनिबार पाटन नगरपालिका २ का पूर्णानन्द पाण्डेयको ज्यान गएको थियो। विद्यार्थी आन्दोलनका कारण पाटन बजार बन्द हुनुकासाथै यातायात पनि पूर्ण रुपमा प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित पक्षसँग पाटन नगरपालिका प्रमुख, स्थानीय प्रहरीले छलफल गरिरहँदा आन्दोलित विद्यार्थीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुको साथै अश्रुग्यास समेत प्रहार गरेको थियो।

विद्यार्थीहरुले भने शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीको लाठीचार्जबाट विद्यार्थी घाइते भएको दाबी गरेका छन्। पीडित पक्ष र प्रशासनबीच पीडितका परिवारलाई दश लाख क्षतिपूर्ति दिने, बीमाबाट पाउने रकम उपलब्ध गराउने र चालक माथि कारबाही गर्ने सहमति भएको प्रहरीले दाबी गरेको छ।

विद्यार्थी आन्दोलनका कारण बैतडी, दार्चुलाबाट आउने सबै सवारी साधन पाटन क्षेत्रमै रोकिएका छन्। पाटन बजार र स्थानीय शैक्षिक संस्था आइतबार पूर्णरुपमा बन्द छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।