काठमाडौं- आज फागुन २७ गते साेमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।भैरहवा – गृहमन्त्री रामबहादुर थापाले विखन्डनकारीलाई गृहको अनुमतिविनै गोली हान्न आदेश दिएका छन्। भैरहवामा आयोजित सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै थापाले प्रदेश ५ का १२ जिल्लाकै सुरक्षा प्रमुखलाई शान्ति सुरक्षामा खलल पुर्याउने तत्वलाई सिधै गोली हान्न सक्ने आदेश दिएका हुन्।
काठमाडाैं - नेपाली कांग्रेसले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यालयले सहमतिका बुँदामा दुबै पक्षले गरेका अलग–अलग व्याख्याले अन्यौलता सिर्जना भएकाे बताएको हाे।
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्। सोमबार राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका बुँदालाई अनर्थ नलगाउन आग्रहसमेत गरे।
काठमाडौं - एउटा रमाइलो कथा छ । कुनै बेला दुई चोर जम्मा भएछन्। पहिलो चोर अलि चलाख रहेछ, दोस्रो अलि सोझो रहेछ। उनीहरु दुवै मिलेर राजाको दरबारमा सुनको थाल चोर्न जाने योजना बनाएछन्। योजनाअनुसार थाल चोर्न पनि सफल भए।
जनकपुरधाम - अलग मधेश राज्यको माग गर्दै अभियान चलाएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउत अहिले जनकपुरमा छन्। शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर राउत आइतबार जनकपुर फर्केका हुन्।
काठमाडाैं - पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्य अवस्थामा खराबी देखापरेपछि यसअघि स्थगित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको तराई भ्रमण फागुन २९ गतेबाट सुरु हुने भएको छ। शाहका निजी सचिव फणिराज पाठकले पूर्वराजा शाहको कार्यतालिका सोमबार सार्वजनिक गरेका हुन्।
वीरेन्द्रनगर - पहिलोपटक महिनावारी भएकी रिनाले छाउगोठ बस्न मानिनन्। तर, जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुँदै भनिन् ,“आमा ! म छाउघर जानै पर्न्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुँदैन।’’
धनगढी - कञ्चनपुरको कृष्णपुर ५ गुलरियामा रहेको एक अस्थायी क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार बिहान १ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ। गुलरियामा महाकाली गौरब विल्र्डसले राखेको अस्थायी क्रसर उद्योगमा आगजनी भएको हो।
वासिङ्टन - ६ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ। दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो। अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ।
काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत फागुन १५ गते ताप्लेजुङबाट शुभारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा एक दिन लम्बिएको छ। अभियान संचालनका क्रममा निर्धारित समय एकदिन लम्बिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
काठमाडाैं- बंगलादेशबाट सुरु भएको महिला साफ च्याम्पियनसिप हाल पाँचौं संस्करणमा पुगेको छ। सन् २०१० मा बंगलादेशले सुरु गरेको महिला साफको पाँचौं संस्करण यसपालि नेपालले आयोजना गर्दैछ।
इटहरी- २००७ सालको क्रान्तिको बिगुल फुक्ने र कोइरालाहरूको 'स्ट्रङहोल्ड' मानिने मोरङमा पछिल्ला महिनामा देउवाको आगमन बढ्दो देखिएको छ । १४ औँ महाधिवेशन नजिकिएसँगै देउवाको शक्ति प्रदर्शन पनि मोरङ र खासगरी विराटनगरमा बढ्दो क्रममा देखिएको छ । यसको उदाहरण लिन फागुन २३ गते बिहीबारको घटना हेरे पुग्छ । उक्त दिन शेरबहादुर देउवा कुनै राजनीतिक कार्यक्रममा आएका थिएनन् । न त कुनै विजय उत्सव मनाउनै आएका थिए । विराटनगरको न्यु सृष्टि दैनिकको वार्षिकउत्सव समारोहमा आएका थिए देउवा । तर जसै देउता विराटनगर विमानस्थलमा ओर्ले, उनको स्वागतमा सयौं कार्यकर्ता आए ।
काठमाडौँ- ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।
काठमाडौं- कुनै बेला स्थायी समितिका सदस्य हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका प्रतिपक्ष नेता मानिन्थे, त्यो पनि सशक्त हैसियतमा । उनले विगतमा समानान्तर कमिटी बनाएर संस्थापनलाई लखतरान बनाएको इतिहास कतै छिपेको छैन। ओलीको गुनासो रहन्थ्यो, पार्टी निर्णयमा हामीलाई बाइपास गरियो। विशेष गरी एमालेको आठौं महाधिवेशनपछि पार्टीका वारिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली एक ठाउँमा उभिएपछि अध्यक्ष झलनाथ खनाललगायत तत्कालीन संस्थापन पक्षका नेताहरूको पसिना छुट्थे।
नयाँ दिल्ली- भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन् ।
काठमाडौं - इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएकी एक नेपालीको पहिचान भएको छ । दुर्घटनामा परी बिश्व खाद्य कार्यक्रम (डब्लूएफपी) इथियोपियामा कार्यरत गोरखाकी एकता अधिकारीको रहेको पुष्टि भएको हो ।
काठमाडौं- दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो।
मुम्बई – सुपरहिट फिल्म बाहुबलीकी शिवगामीको रोलबाट चर्चित बनेकी नायिका रम्या कृष्णन एकपटक फेरि चर्चामा आएकी छन्। उनले फिल्म ‘सुपर डिलक्स’ मा पोर्न स्टारको भूमिका निर्वाह गर्ने कुराले चर्चामा आएकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४