शुक्रबार, जेठ ३, २०८२

विप्लवमाथि प्रतिबन्ध लगाएकोमा कांग्रेसको विरोध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिवन्धको नेपाली कांग्रेसले विरोध जनाएको छ । 

विप्लवलाई विश्वासमा लिएर शान्तिपूर्ण वार्ता गर्ने र हिंसा त्याग्ने वातारण बनाउनु पर्नेमा सरकारले उल्टै विप्लवलाई हिसांत्मक बनाउने काम गरेको भन्दै विरोध गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग आफ्नै गोत्रबन्धुलाई विश्वासमा लिएर मूल राजनीतिमा ल्याउने क्षमताको अभाव देखिएको भन्दै टिप्पणी गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्- 'पहाड जत्रै उचाइ बनाइसकेको त्यो माओवादीलाई विश्वासमा लिनसक्ने त्यो नेतृत्व क्षमता कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियोे । आज सानो आकार र आयतनको तर आफ्नै गोत्रबन्धुलाई विश्वासमा गांसेर मुलबाटोमा ल्याउन सक्ने क्षमताको दुखी अभाव देखियो ।'


विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि सरकारको विरोध बढेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विप्लवको पार्टीले राजनीतिक चरित्र गुमाएको अपराधिक समुह बन्दै गएको भन्दै उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।