एजेन्सी- शनिबार राती भएको स्पेनिस ला लिगामा रियलको जितसँगै मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका जिनेदिन जिदानको रियल यात्रा सुखद भएको छ । खराब लयबाट गुज्रिरहेको रियलले सेल्टा भिगालाई २-० गोल अन्तरले पराजित गर्दै जिदानको रियल पुनरामगन सुखद भएको हो ।
दोस्रो पटक क्लबको जिम्मेवारी समाल्न आएका जिदानले आफ्नो पहिलो खेलमा नै जित सहित घरेलु लिगको सुरुवात गरेका छन् । रियलको जितका लगि ईस्को र ग्यारेथ बेलले समान एक एक गोल गरे ।

पहिला हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले दुई गोल गर्यो । खेलको ६२ औ मिनेटमा ईस्कोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ७७ औ मिनेटमा बेलले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।
जितसँगै रियल लिगको तेस्रो स्थानमा यथावत छ । २८ खेल खेलेको रियको ५४ अंक छ । पराजित सेल्टा भिगो अन्तिम तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने ६३ अंक सहित बार्सिलोना यथावत छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४