शुक्रबार, जेठ ३, २०८२

पत्‍नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्। उनी आइतबार साँझ पत्‍नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका तर्फ प्रस्थान गरेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने छ। पत्‍नी सीताले एकपटक अमेरिका गएर उपचार गर्ने इच्छा गरेको र आफूले पनि उनको बिरामीसँग सम्बन्धित उपचारको अमेरिकामा राम्रो पद्धति रहेको थाहा पाएकाले त्यसतर्फ प्रस्थान गरेको बताएका थिए।

सीता लामो समयदेखि पार्किन्सन रोगले पीडित छिन्। यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो ।

उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमासमेत स्नान गरेका थिए ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका गएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।