शुक्रबार, जेठ ३, २०८२

बुढानीलकण्ठमै फकाएर सानेपा जाने देउवाको प्रयास असफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सोमबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई बुढानीलकण्ठ निवासमै डाकेर सहमतिको प्रयास गरे पनि त्यो सार्थक हुन सकेन।

आइतबार बेलुका देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई निवासमै बोलाएका थिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य असन्तुष्ट नेताहरु पनि थिए। खासगरी पार्टी अनुशासन समिति तथा निर्वाचन समिति  गठन, नेविसंघलगायतका विषयमा  छलफल भए पनि सहमति जुट्न सकेन।देउवाले बोलाएको अनौपचारिक बैठक सिटौलाले बहिष्कार गरेका थिए। 
 
 बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था विधानमा राखेपछि पौडेल र सिटौला समूह देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन् । यो प्रावधान नसच्चाएसम्म  लिखित असहमति राखेर बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि देउवाले बुढानिलकण्ठमा बोलाएर फकाउने प्रयास गरेका थिए । 

सोमबारको बैठक अरु राष्ट्रिय राजनीतिका मुद्दामा भन्दा पनि आन्तरिक कचिगंलमै अल्झिने संभावना देखिएको छ । सिके राउतसँगको नाटकीय सहमति र विप्लव नेतृत्वको माओवादीलाई प्रतिवन्ध लगाउने निर्णयका बारेमा कांग्रेस नेतृत्वबाट आएको विरोधाभाषपूर्ण अभिव्यक्तिबारे बैठकमा जोडदार रुपमा कुरा उठ्ने छ । राट्रिय महत्वका विषयमा कांग्रेसको संगठित र संस्थागत दृष्टिकोण नहुँदा कांग्रेस आलोचनाको सिकार भएको छ । 

नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट नेताहरुले सबैलाई स्वीकार्य हुने व्यक्तिको संयोजकत्वमा अनुशासन समिति गठन गर्नुपर्ने अडान राखेका थिए । त्यसमा देउवा केही लचिलो देखिएका थिए ।  केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा समिति गठनबारे सकारात्मक छलफल भए पनि टुंगो लाग्न भने सकेन। 


अनुशासन समिति पार्टीको न्यायिक निकाय भएको जनाउँदै असन्तुष्ट पक्षले सहमतिबाटै अनुशासन र निर्वाचन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएका थिए। संस्थापन पक्षले अनुशासन समितिमा राख्ने दुई नेताको नाम दिन असन्तुष्ट पक्षलाई आग्रह गरेको थियो । देउवाले सहमतिबाटै अघि बढ्न आफू तयार रहेको बताएका थिए । 
 
सभापति देउवा समूहले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था विधानमा राखेपछि पौडेल र सिटौला समूहले लिखित असहमति राखेर बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।सोमबारको बैठक पनि असन्तुष्ट पक्षले बहिष्कार गर्ने संभावना छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।