आइतबार, असार ८, २०८२

आन्तरिक किचलोले रोकियो कांग्रेस बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बैठकमा पेस हुने एजेन्डाबारे सहमति नहुँदा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । नेपाल विद्यार्थीको संघको तदर्थ समिति गठन, अनुशासन समिति र निर्वाचन समिति गठनका बारेमा सहमति हुन नसक्दा सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा १ बजेसम्म बस्न नसकेको हो ।

यी एजेन्डाबारे सहमति जुटाउने सभापति शेरबहादुर देउवाको प्रयास आइतबार ससफल भएको थियो । देउवाले पदाधिकारी र पूर्व पदाधिकारीलाई आफ्नै निवासमा डाकेर छलफल गरेका थिए । तर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले एजेन्डाका केही विषयमा विमति जनाउँदै केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए । बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था विधानमा राखेपछि पौडेल र सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक हुँदै आएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा राष्ट्रिय राजनीतिका मुद्दामा भन्दा पनि आन्तरिक कचिगंलमै अल्झिने सम्भावना देखिएको छ। सिके राउतसँगको नाटकीय सहमति र विप्लव नेतृत्वको माओवादीलाई प्रतिवन्ध लगाउने निर्णयका बारेमा कांग्रेस नेतृत्वबाट आएको विरोधाभासपूर्ण अभिव्यक्तिबारे बैठकमा जोडदार रुपमा कुरा उठ्ने छ। राट्रिय महत्वका विषयमा कांग्रेसको संगठित र संस्थागत दृष्टिकोण नहुँदा कांग्रेस आलोचनाको सिकार भएको छ।

नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट नेताहरुले सबैलाई स्वीकार्य हुने व्यक्तिको संयोजकत्वमा अनुशासन समिति गठन गर्नुपर्ने अडान राखेका थिए। त्यसमा देउवा केही लचिलो देखिएका थिए।  केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा समिति गठनबारे सकारात्मक छलफल भए पनि टुंगो लाग्न भने सकेको छैन।

अनुशासन समिति पार्टीको न्यायिक निकाय भएको जनाउँदै असन्तुष्ट पक्षले सहमतिबाटै अनुशासन र निर्वाचन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएका थिए। संस्थापन पक्षले अनुशासन समितिमा राख्ने दुई नेताको नाम दिन असन्तुष्ट पक्षलाई आग्रह गरेको थियो। देउवाले सहमतिबाटै अघि बढ्न आफू तयार रहेको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।