काठमाडाैं - पूर्व मुमाबडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह डिस्चार्ज भएकी छन्। ९१ वर्षीय रत्नलाई स्वास्थयमा समस्या देखापरेपछि गत फागुन २१ गते नर्भिक अस्पताल भर्ना भएकी शाह सोमबार डिस्चार्ज भएकी हुन्। सिजनल रुघाखोकी, ज्वरो र शारीरिक रूपमा कमजोर भएकी रत्नलाई अस्पताल भर्ना गरिएकाे थियाे। पूर्वराजा ज्ञानेन्द्र तथा रत्नले उपचारका क्रममा सहयोग गर्ने चिकित्सक तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४