शुक्रबार, जेठ ३, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत ६ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

राजधानीमा होलीको उल्लास {फोटो फिचर}

 राजधानीका सडक, चोक र गल्लीहरुमा उल्लासमय रुपमा एकापसमा रङ दलेर फागू पूर्णिमा अर्थात् होली मनाउने क्रम जारी छ। सुरक्षाका लागि चोकचोकमा प्रहरी तैनाथ छन्। विगतमा जस्तो बटुवालाई जबरजस्ती पानी र रङ छ्याप्ने विकृतिमा भने केही कमी आएको देखिएको छ।

सेलीब्रेटीको रंगीन होली : को के गर्दैछन् ?

होली ! रंगैरंगको पर्व। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासका साथ मनाइन्छ। यसलाई आपसी मेलमिलाप र सद्भावको पर्वका रुपमा लिइन्छ। होलीमा सबै हिन्दु धर्मावलम्बीहरु रंगिने गर्छन्। विभिन्न स्थानमा होली विशेष कार्यक्रम आयोजना पनि गरिएको हुन्छ। होली रंगको पर्व भएकाले सबै यसलाई रंगीन बनाउने ध्यानमा हुन्छन्।

जनकपुरका मेयर ‘महामूर्ख’

प्रत्येक वर्षझैँ यसवर्ष पनि फागु पर्वको पूर्व सन्ध्यामा जनकपुरमा महामूर्ख सम्मेलनको आयोजना गरिएको छ। सम्मेलनमा यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह महामूर्ख घोषित भएका छन्।

कांग्रेस नेता कोइराला भन्छन् : संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रका मुद्दामा जनमत संग्रह

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रका मुद्दामा जनमत संग्रहमा जान सकिने बताएका छन्। बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले आफुलाई सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको बताए।

उपाधिका लागि नेपाल र भारत भिड्ने

विराटनगरस्थित शहिद रंगशालामा जारी पाँचौ संस्करणको साफ महिला फुटबल  च्यम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४-० गोल अन्तरले पराजति गरेपछि उपाधिका लागि नेपाल र भारतको भेट पक्का भएको हो । 

अनुहार होइन मन रङ्ग्याउँ!

 ‘आउ प्रिय हामी मिलेर खेलौ होली 
भरिदिन्छु तिम्रो म मायाको झोली 
जे जे गर्नु छ आजै समय छँदै गरौँ 
कसले देखेको छ र के हुन्छ भोलि।’ 

चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ। परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन्। 

समाज विकासमा युवाको भूमिका महत्त्वपूर्ण

समाजिक कार्यकर्ताको भूमिकामा केन्द्रित रहेर एकदिने राष्टिय युवा सम्मेलन सम्पन भयो। कादम्बरी मेमोरियल कलेज स्कुल अफ सोसियल वर्कले काठमाडौं महानगरपालिकाको आयोजित राष्ट्रिय युवा सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिका लागि मानवीय सम्बन्ध सुमधुर र युवाको भुमिकाबारे छलफल भएको थियो। सम्मेलनमा देशभरका १७० जना विद्यार्थी सहभागी थिए।

रङ बिनाको मौलिक होली

होली भन्नेबित्तिकै आपसमा रङ दल्ने, लोला हान्ने भन्ने धेरैको बुझाइ हुन्छ। देशका विभिन्न भागमा एकआपसमा रङ दलेर, लोला हानेर होली पर्व मनाइरहँदा सुदूरपश्चिमेली समाजमा भने रङबिना नै पनि धुमधामका साथ होली पर्व मनाउने गरिन्छ। विशेषगरी पहाडी जिल्ला अछाम र अछामीको बसोबास रहने देशका विभिन्न भागमा मौलिक लोकसंस्कृति झल्किने सेतो पहिरनमा फूलमालासहित देउडा खेलेर होली मनाउने गरिएको छ।

जनकपुर पुग्यो मिथिला मध्यमा परिक्रमा

मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबार जनकपुर पुगेको छ । दुई साताअघि मिथिला बिहारीको डोलाका साथ जनकपुरबाट सरु भएको परिक्रमा पुनः जनकपुर पुगेको हो।
नेपाल तथा भारतका विभित्र धार्मिक स्थलहरुको परिक्रमा गरी जनकपुर पुगेको धार्मिक यात्रा विहिबार अन्तरगृह परिक्रमा गर्नेछ।

रेखाको पहिलो अन्तर्राष्ट्रिय गोलसँगै नेपाल चौथो पटक साफको फाइनलमा

नेपाली राष्ट्रिय महिला टोली साफ मिहला च्याम्पियनसिपमा चौथो पटक फाइनल पुगेको छ । विराटनगरमा जारी पाँचौ संस्करणको साफमा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो पटक साफको फाइनल प्रवेश गरेको हो । सन् २०१६ मा भारतमा आयोजना भएको चौथो संस्करणको साफ महिला च्याम्पियनसिपको समिफइनल खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

दोहोरो फायरिङपछि विप्लवका दुई कार्यकर्ता गिरफ्तार

काभ्रेकाे रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तार गरेको छ ।

मन्त्री भएको एक वर्षमा के गरे रघुवीर महासेठले ? 

सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । 

होलीका लागि १ सय ७ ठाउँमा चेक पोइन्ट, ३ हजार प्रहरी परिचालन

काठमाडौं उपत्यकामा होलीलाई व्यवस्थित र मर्यादित बनाउन तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । जसमा करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिने महानगरि प्रहरी परिसर टेकुले जनाएको छ । यस्तै ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिने जनाइएको छ  ।

होलीलाई यौनपर्वको रुपमा मनाउँदै भक्तपुर

भक्तपुरको तचपाल दत्तात्रय मन्दिर नजिकै भीमसेन मन्दिर छ। यो मन्दिरमा फाल्गुण शुक्ल अष्टमीदेखि विशेष पूजा हुन्छ। पूजाका क्रममा भीमसेनको लिंग र द्रौपदीको योनी समागमलाई मन्दिरभित्रै राखिन्छ। यसलाई नेपालभाषामा ‘चिर स्वागु’ भनिन्छ। काठमाडौंको वसन्तपुरमा चिर उठाए फागु अर्थात् होली सुरु भएसँगै भक्तपुरमा पनि भिमसेन र द्रौपदी समागम गरेपछि यो पर्व सुरु भएको मानिन्छ। सुन्दा अश्लील लाग्ने भक्तपुरको यो मान्यता निकै गहिरो छ।

आज रंगहरुको पर्व होली : यस्तो छ रौनकता र किम्बदन्ती

 फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 

नेपाललाई चीनको सहगोग निरन्तर हुने

चीनको अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका उपाध्यक्ष तथा उपमन्त्री देङ्ग वोकिङले चीनको विकास एकल प्रयासमा मात्र संभव नभइ नेपाल लगायत छिमेकी मुलुकहरुको सद्दभाव र सहयोग रहेको चर्चा गरे। उनले चीनबाट प्रदान भइरहेका अनुदान सहयोग, ब्याजरहित ऋण, सहुलियतपूर्ण ऋण, ब्यापारिक ऋण लगायत सम्बन्धमा पनि प्रकाश पारे। ‘नेपालको परियोजनाको प्रकृति र आवश्यकताअनुसार विभिन्न सहयोग परिचालन गर्न एवं विकासको लागि चीनको सहयोग निरन्तर हुनेछ,’ उलने भने।

होलेरी र महाराजगञ्ज सबस्टेसन सञ्चालन, हजाराैं लाभान्वित

रोल्पा र कपिलवस्तुको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको होलेरी र महाराजञ्ज सबस्टेसन सञ्चालनमा आएका छन्। सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३/११ केभी होलेरी सबस्टेसन मंगलबारबाट सञ्चालनमा (चार्ज) आएको हो।

आइपिएल खेल्न सन्दीप भारततर्फ

भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग ९आइपिएल० खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन्। 
यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन्। सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ। 

टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल कतारसँग

सिंगापुरमा हुने आईसीसी टी-२० विश्वकपको एसिया छनोटको खेल तालिाका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले निकालेको एसिया छनोट तालिका अनुसार खेल जुलाई २२ देखि २८ सम्म आयोजना संचालन हुने छन् । सन् २०२० मा आयोजना हुने टी-२० का लागि नेपालले एसिया छनोटमा आफ्नो पहिलो खेल कतारसँग खेल्दै छ । नेपालले कतारसँगै २३ जुलाईमा खेल्ने छ । त्यस्तै दोस्रो खेलमा मलेसियासँग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्दै एसिया टनोट सहिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।