न्यूजील्यान्ड – सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो।
प्रधानमन्त्री जासिन्डा आर्डनले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुनेगरी बन्देज लगाइएको जानकारी दिइन्।
क्राइस्टचर्चका दुई वटा मस्जिदमा भएका आक्रमणमा अस्ट्रेलियाका एक व्यक्तिले न्यूजील्यान्डको कमजोर बन्दुक नियमको फाइदा उठाउँदै आक्रमण गरेका थिए। प्रधानमन्त्री आर्डनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइने बताइन्। यी म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सक्छ।
संयुक्तराज्य अमेरिका र विश्वका अरु विभिन्न मुलुकका बन्दुक नियन्त्रणको पक्षमा वकालत गरिरहेकाहरुले न्यूजील्यान्डको पछिल्लो कदमप्रति खुसी व्यक्त गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४