सोमबार, असार ९, २०८२

कर्णालीमा नदी शिखर सम्मेलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - कर्णालीमा तेस्रो नदी सम्मेलन सुरु भएको छ । नदीको जैविक विविधता बचाइराख्न र नदीजन्य वस्तुको दोहन रोक्न नदी शिखर सम्मेलन गरिएको हो । नेपालको सबैभन्दा लामो नदीको सभ्यता बचाउन दैलेखको रामस्थित कर्णाली नदीमा शिखर सम्मेलन सुरु गरिएको छ । सुर्खेतमा उद्घाटन गरिएको शिखर सम्मेलनमा दैलेखको राकम कर्णाली पुगेर जलयात्रा सुरु भएको छ।

६ हजार नदी नाला भएको नेपालमा एकवटा नदी पनि संरक्षित नभएको भन्दै सम्मेलनबाट आमनागरिकलाई जैविक विविधताको संरक्षण र संवद्र्धनमा चेतना फैलाउने नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले बताए । नदीको सभ्यता र मुहान नै पृथ्वीको रक्तनली नदी भएको उल्लेख गर्दै आलेले भने, ‘नेपाल नदीहरुको हेडक्वाटर हो तर सरकारले यसको संरक्षणको कुनै नीतिगत व्यवस्था गरेको छैन।’ 



‘हामी नदीबाट विद्युत् निकाल्ने मात्रै सोच्छौँ’, अध्यक्ष आलेले भने, ‘यसको विविधतालाई बचाइराख्न सकियो भने यहाँ बाह्रै महिना पर्यटक आउन सक्छन् ।’ राज्य सञ्चालकदेखि ठेकेदार कम्पनीहरुले नदीको दोहनमात्र गरेको भन्दै उनले यसको संरक्षणमा सरकारले गम्भीर भएर सोच्न आग्रह गरे । नदी बेचेर भन्दा यसको संरक्षण गरेर मात्रै राष्ट्रको समृद्वि हुने उनको भनाइ थियो।

उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका मन्त्रीहरु सहभागी भए पनि सांसदहरुले भने आफूलाई अतिथि नबनाएको भन्दै कार्यक्रम बहिष्कार गरेका छन् । तीन दिनसमम चल्ने सम्मेलनमा नदी विज्ञ, संरक्षनकर्ता, पूर्वमन्त्री दीपक ज्ञवाली, प्रदेशका मन्त्रीहरु र सर्वसाधारणको उपस्थिति रहेने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।