बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एसईई स्थगितको विरोधमा विद्यार्थीको प्रदर्शन, बाराको अवस्था तनावग्रस्त

एसईई स्थगितको विरोधमा विद्यार्थीको प्रदर्शन, बाराको अवस्था तनावग्रस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन थालेका छन्। प्रदेश २ का जिल्लामा विद्यार्थीहरु बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रीएका विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन थालेका छन्। 

यसैबीच बारामा भएको प्रदर्शन झडपमा परिणत भएको छ। एसईई परीक्षा स्थगित भएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच शनिबार बाराको जितपुरमा झडप भएको हो। बाराको कलैया तथा जितपुरमा भएको झडपमा दुईजना प्रहरी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ भने अश्रृग्याससमेत प्रहार गरेको छ। आक्रोशित विद्यार्थीहरुले प्रहरीको गाडीमा तोडफोड गर्नुकासाथै आगजनीसमेत गरेका छन्।

सप्तरीमा पनि विद्यार्थीले बिहानैदेखि प्रदर्शन गरेका छन्। उनीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

प्रश्नपत्र आउट भएपछि सरकारले प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। परीक्षा स्थगित भएपछि विद्यार्थीले आन्दोलन थालेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।