बुधबार, असार ४, २०८२

भारतीय नाकाबाट पशु आयात ठप्प ! 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

राँझा- नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । 

पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले जानकारी दिए। 

ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अब भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य वस्तु दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र आवश्यक पर्छ । 

“त्यस्तो प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण आयातकर्तालाई डकुमेन्ट जुटाउन कठिनाइ भएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भने, “पहुँच नभएका कारण आयातकर्ताले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा कुनै पनि पशु र पशुजन्य वस्तु आयात हुननसकेको हो ।” 

नेपालगञ्ज नाकामा फागुन २६ गतेबाट कुनै पनि पशु तथा पशुजन्य वस्तुको आयात भएको छैन । पशु तथा पशुजन्य दाना पशु क्वारेन्टाइनको स्वीकृतिमा भन्सार तिरेर मात्र नेपाल ल्याउन पाइन्छ । 

उहाँका अनुसार, यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशुजन्य वस्तु खरीद गरेको बिल र भारतीय भन्सारको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्न पाइन्थ्यो । तर, यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले ऐन कार्यान्वयनमा कडाइ गरेको हो । 

दानालगायतका वस्तु आयातका लागि पहिले पशु सेवा विभागको कागज भए पुग्ने भए पनि अब सेनेटरी प्रमाणपत्र अनिवार्य भएको छ । ऐन कार्यान्वयनमा कडाइ भएको थाहा नपाएका व्यवसायीले नेपाल भित्र्याएका दानालगायतका पशुजन्य वस्तु नेपालगञ्ज भन्सारमा थन्किएको छ । 

स्वास्थ्य प्रमाणपत्र ल्याएपछि मात्र आयातका लागि अनुमति दिने तयारीमा पशु क्वारेन्टाइन कार्यालय रहेको छ । पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २२७ खसी–बोका भित्रिएको थियो भने एक ४७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएको थियो । 

मुख्य नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा कडाइ भएपछि भन्सार छलेर अवैधरूपमा भित्रिन थालेको छ । पशुजन्य वस्तु व्यवसायीले ग्रामीण नाका प्रयोग गरी भारतीय खसी–बोका र पशुजन्य वस्तु आयात गर्न थालेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । 

दुईहप्ता अघिमात्रै अवैधरूपमा नेपाल भित्र्याएको ८० खसी–बोका प्रहरीले पक्राउ गरेको थियो । नेपालगञ्ज प्रवेश हुने ग्रामीण नाकामा समेत निगरानी बढाएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।