बिहीबार, असार १२, २०८२

प्रधानमन्‍त्री–मुख्यमन्‍त्री बैठकः यस्तो भयो सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समन्वय परिषदको बैठक डाक्ने भएका छन् । प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बिहीबार भएको छलफल पछि परिषद्को बैठक डाक्ने सहमति भएको हो । 

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुको सुझावलाई मध्यनजर गर्दै यस्तो बैठक बोलाउन लागेको बालुवाटार स्रोतले बतायो। यस्तो बैठकमा स्थानीय निकाय, प्रदेश र केन्द्रको सहभागिता रहने छ। प्रधानमभन्त्रीले  बैशाख १२ गतेभित्र समन्वय परिषदको बैठक बोलाउने आश्वासन दिएको  प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले पत्रकारहरुलाई जानकारी दिए।
 
। मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्  प्रदेश १ का मुख्यमन्त्री राईले पत्रकारहरुसँग भने, ‘अन्तर प्रदेश समन्वय परिषदको बैठकमा २९ बुँदे सहमति भएको थियो । त्यसको कार्यान्वयन एकदमै कमजोर देखियो । ती निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री ज्यूले पहल लिनुर्पयो भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

गत २३ मंसिरमा सिंहदरबारमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बसेको थियो ।

यस्तै आजको बैठकमा आगामी बजेट र नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर छलफलको आयोजना गरेको उनको सचिवालले जनाएको छ ।
 
प्रधानमन्त्रीले बारा र पर्सामा आएको  हुरी बतासबाट पीडित भएकाहरुलाई राहत तथा बसोबासको आवश्यक ब्यबस्था मिलाउनका लागि मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । त्यसैगरी मुख्यमन्त्रीहरुले केन्द्र सरकारको बजेटको ३३ प्रतिशत प्रदेशलाई उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए। 

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।