सोमबार, असार ९, २०८२

२०७२ वैशाख १२ : त्यो कालो शनिबार (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शनिबार सार्वजनिक बिदा । वैशाख महिना भए पनि राजधानीको मौसम चिसै थियो । पानी पर्ला पर्ला जस्तो । सबेरैदेखि सिरेटो चलेकाले मानिस बाक्ला लुगामा देखिन्थे । सडकमा अन्य दिनभन्दा चहलपहल निकै कम थियो ।

बिहान ११:५६ बजे सहरका संरचना एकाएक हल्लन थाले । मानिसको भागाभाग भयो । निमेषमै धरहरा ढल्यो । पाटन दरबार, हुनमान ढोका दरबार, भक्तपुर दरबार हेर्दाहेर्दै भग्नावशेषमा परिणत भए । असन, पाटनको भित्री चोक, भक्तपुरका पुराना बस्तीमा रहेका पुराना भवन माटोमै मिसिए । गोंगबु क्षेत्र तहसनहस भयो ।

राजधानी आसपासका डाँडा धुलाम्मे देखिन्थे भर भत्किएर उडेको धुलोले । सडकमा हिँड्दा हिँड्दैका मानिस घाइते भए । राजधानीसहित आसपासका १४ जिल्लामा गरी झन्डै ९ हजारको ज्यान गयो भने कैयन् व्यक्ति घाइते भए। अर्बौंको सम्पत्ति नष्ट भयो । विश्व सम्पदा सूचिमा रहेका धेरै सम्पदा बनाउनै नसकिने गरी ढले ।



२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले धेरै नेपालीलाई खुला आकाशमा बस्न बाध्य बनायो । 

त्यस्तै वैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजीवन त्रसित बनायो । यसमा पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।

भूकम्पबाट सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, दोलखा जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

ती जिल्लाका कैयन् बस्तीहरू ध्वस्त भए । मानिसहरुले थातथलो छाड्नपुर्‍यो । बालबालिका, वृद्धवृद्धा र विशेष आवश्यकता भएका व्यक्तिहरू निकै मारमा परका थिए । विभिन्न संघसंस्थाको पहलमा भूकम्प पीडितलाई प्रारम्भिक राहत वितरण गरिए पनि सरकारका तर्फबाट राहत वितरण र व्यवस्थापन निकै ढिलाइ भएको थियो ।

यस्तै भूकम्पपीडितका घर बनाउन ढिलाइ भइरहेको छ । चार वर्ष बित्दा पनि कैयन् भूकम्प पीडित अस्थायी टहरोमै बस्न विवश छन् । सरकारले घर बनाउने भनेर विभिन्न योजना ल्याए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुनु चिन्ताको विषय हो ।

भूकम्पको धक्का नेपाललगायत छिमेकी भारत, बंगलादेश र चीनमा समेत महसुस भएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकीय उपत्यकामध्येको लाङटाङ उपत्यका हिउँपहिरोमा पुरियो । त्यतिबेला ८५ पर्यटकले ज्यान गुमाएका थिए ।

 बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण झण्डै साढे ८ हजारले ज्यान गुमाएका थिए ।  नेपाल प्रहरीका अनुसार बैशाख १२ गतेको भूकम्पका कारण ८ हजार ३ सय ५६ जनाले ज्यान गुमाए भने वैशाख २९ गतेको पराकम्पका कारण १ सय ४१ जनाको मृत्यु भएको थियो । हजारौँको संख्यामा घाइते भएका थिए । 

यस्तै भूकम्पका कारण देशभर करीब ७ खर्व रुपैयाँ बराबरको क्षति भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।