आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ओभरलोडेड भारतीय गाडी नियन्त्रण नगरे आन्दोलन चर्काउने ट्रक व्यवसायीको चेतावनी

ओभरलोडेड भारतीय गाडी नियन्त्रण नगरे आन्दोलन चर्काउने ट्रक व्यवसायीको चेतावनी

भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पटकपटकको अनुरोध सरकारले नसुन्ने भएपछि अब सडकमै सुतेर भए पनि भारतीय ओभरलोडलाई निर्मूल गर्ने व्यवसायीको भनाइ छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

बुटवल–  भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात  व्यवसायीको पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पटकपटकको अनुरोध सरकारले नसुन्ने भएपछि अब सडकमै सुतेर भए पनि भारतीय ओभरलोडलाई निर्मूल गर्ने व्यवसायीको भनाइ छ।

लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात व्यवसायी समिति र ढुवानी समितिले शनिबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सरकारले भारतीय ओभरलोड गाडी व्यवस्थापन गर्नुपर्ने बताउँदै नियन्त्रण नगरे भारतीय ओभरलोड रहेका सामान नेपाल छिर्न नदिने चेतावनी दिएका हुन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागी भाडादर तोके पनि ओभर लोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको जिकिर गरे।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागी भाडादर तोके पनि ओभर लोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको जिकिर गरे।

सरकारले असार २९ गते निर्णय गर्दै नेपालका विभिन्न ६१ स्थानका लागी मालवाहक सवारीका लागि भाडादर तोकिदिएको छ। करिब ७ वर्षयता भाडादर समायोजन नभएको अवस्थामा अहिले समायोजन भए पनि तोकिएको भाडा नपाउने अवस्था छ। ट्रक व्यवसायीहरुले नेपालको २ प्रमुख नाका वीरगन्ज र भैरहवा नाकालाई लक्षित गरी ओभरलोड नियन्त्रण गर्ने राणनीति अगाडि बढाउने नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले बताए।

मालवाहक सवारीसाधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ। निर्देशिकाको ब्ँदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारीसाधनले प्रचलित कानुनअनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारीधनीले नै त्यस्तो समानको भण्डारणको व्यवस्था मिलाउनुपर्ने” भनी उल्लेख गरेको छ।

नेपालका सडक र पुलको क्षमताअनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारीसाधनले आफ्नो क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन्। ९६ टनसम्म भारवाहन गरेका मालवाहक गाडी नेपाल भित्रिरहँदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपालभरि प्रवेशको स्वीकृति दिएको हुन्छ। नेपाल ट्रक यातायात व्यवसायी समिति लुम्बिनी प्रदेश यसको नियन्त्रणमा कडाइका साथ लाग्ने समितिका अध्यक्ष यमप्रसाद पाण्डले बताए।

प्रकाशित: Aug 21, 2021| 19:42 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।