आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • २ करोड ३५ लाख राजस्व छल्न बनाइएका नक्कली अन्तःशुल्क स्टिकरसहित २ जना पक्राउ

२ करोड ३५ लाख राजस्व छल्न बनाइएका नक्कली अन्तःशुल्क स्टिकरसहित २ जना पक्राउ

सशस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोस्टबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमान्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल नक्कली स्टिकर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

बुटवल- राजस्व छलीका लागि बनाइएको मदिरामा टाँसिने नक्कली अन्तःशुल्क स्टिकरसहित २ जना पक्राउ परेका छन्। आन्तरिक राजस्व कार्यालय लेखिएको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली अन्तःशुल्क स्टिकरसहित २ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ३ दरखसवाका २३ वर्षीय साहिद अन्सारी र सोही ठाउँका २४ वर्षीय अमानत अली छन्। उनीहरुको बयानकै आधारमा उक्त समान ढुवानी गर्न प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी नियन्त्रणमा लिएको छ। बरामद गरिएका स्टिकरका बारेमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको छ।

सशस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोस्टबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमान्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल नक्कली स्टिकर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए।

रुपन्देहीको सिद्धार्थनगर नगरापलिका-३ दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले खानतलासी गरी स्टिकर बरामद गरेको हो। आन्तरिक राजस्व विभाग लेखिएको उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबरको रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको हो।

५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान नक्कली स्टिकरमध्ये आयकरको १० लाख बराबर, मूल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबैभन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर बरामद गरिएको प्रहरी उपरीक्षक उप्रेतीले बताए। 

प्रकाशित: Aug 21, 2021| 20:24 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।