आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी प्रदेशसभाले भन्यो– अजय र विमलालाई पदमुक्त गर्न मिल्दैन

लुम्बिनी प्रदेशसभाले भन्यो– अजय र विमलालाई पदमुक्त गर्न मिल्दैन

लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले कारबाही गरेका दुईजना सांसदलाई पदमुक्त गर्न नमिल्ने भन्दै पत्र पठाएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

बुटवल– लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले कारबाही गरेका दुईजना सांसदलाई पदमुक्त गर्न नमिल्ने भन्दै पत्र पठाएको छ।

एमालेले प्रदेशसभा सदस्य तथा कुलप्रसाद केसी नेतृत्वमा मन्त्री भएका अजय शाही र विमलाकुमारी खत्री वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो। तर, सभामुख पूर्णबहादुर घर्तीले पत्र बुझे पनि जवाफ भने अध्ययन गरेर मात्रै दिने बताएका थिए। 

एमालेको पत्रको अध्ययन गरेर एमालेले कारबाही गरेर पदमुक्त गर्न भनेका सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

सभामुखले अध्ययन गर्दा पदमुक्त गर्न नमिल्ने देखिएपछि सभामुखले पदमुक्त गर्न मिल्दैन भन्ने निर्णयको ब्यहोरा एमालेलाई पठाइएको प्रदेशसभा सचिव मगरले बताए। 

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको ब्यहोरा एमालेलाई जानकारी गराइएको प्रदेशसभाले जनाएको छ। 

प्रदेश सभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको समेत सचिव पुनले  बताए।

प्रकाशित: Aug 22, 2021| 15:14 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।