आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै भन्यो– शाही र वलीलाई कारवाही नगर्दासम्म संसद् चल्न दिन्नौं

लुम्बिनीमा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै भन्यो– शाही र वलीलाई कारवाही नगर्दासम्म संसद् चल्न दिन्नौं

विपक्षी नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि गम्भिर प्रश्न उठाउँदै संसदबाटै ठेगान लगाउने चेतावनी दिएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

बुटवल– विपक्षी नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि गम्भिर प्रश्न उठाउँदै संसदबाटै ठेगान लगाउने चेतावनी दिएको छ।

एमालेले कारबाही गरेका २ सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाए पनि प्रदेशसभाले पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आक्रोशपूर्ण खण्डन गर्दै सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको हो। 

एमालेले आइतबार दिउँसो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सभामुखले पदको गरिमा कायम गर्न नसकेको भन्दै प्रश्न उठाएको हो। ‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा ९६० को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८०  वमोजिम नीजले  पद अनुकूल आचरण नगरेको व्यहोरा जानकारी गराईन्छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ । 

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीश जसरी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए । 

शाही र वलीलाई पार्टीबाट निष्काशन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि  सभामुखले स्वेच्छाचारी निर्णय गरेको एमालले आरोप लगाएको छ । सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

सभामुख आबद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सभासदहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेश सभालाई २४ घण्टा भित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैशला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरित, पक्षपातपूर्ण र संसदीय मूल्य मान्यता विपरित रहेको समेत विज्ञिप्तीमा एमालेले भनेको छ ।

सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाही अहिले कुल प्रसाद केसी नेतृत्वको सरकारमा विना विभागिय मन्त्री छन् । भने वलीले आफू साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक भएको भन्दै पत्रकार सम्मेलन गरि आफूलाई जबरजस्ती विभिन्न माइन्यूट र प्रेस विज्ञप्तीमा हस्ताक्षर गराएको बताएकी थिइन् । 

एमाले प्रमुख सेतक भूमिश्वर ढकालद्वरा जारी गरिएको विज्ञप्तीमा प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट भएको बताउँदै नैतिकताका आधारमा सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन नमल्निे बताएको छ । 

एमालेले विगतमा नेकपा माओवादी र जसपाबाट निर्वाचित  सांसदरुलाई बिना परामर्श प्रदेश सभामा सूचनाको जानकारी गराई कारबाही गरेको समेत बताएको छ । विपक्षी एमालेले प्रदेशसभा सदस्य बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म संसद चल्न नदिने प्रमुख सचेतक ढकालले बताएका छन् ।

प्रकाशित: Aug 22, 2021| 16:26 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।