सोमबार, असार ९, २०८२

आजदेखि कांग्रेसको जागरण अभियान : को नेता कहाँ खटिए ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारका गलत कृयाकलापको भण्डाफोर गर्ने र पार्टी संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ बुधबार (आज)बाट नेपाली कांग्रेसले जागरण अभियान सुरु गरेको छ।

वैशाख ११ गतेबाट सुरु गर्ने भनिएको जागरण अभियान काग्रेस नेता रामकृष्ण ताम्राकारको निधनका कारण १४ दिन ढिला गरि आजबाट सुरु गरिएको हो ।
 
सिंगो मुलुकलाई जगाउन र हिमाल, पहाड र तराईलाई जोड्नेका लागि अभियान चलाइएको कांग्रेसले जनाएको  छ । दुई तिहाइको दम्भमा वर्तमान सरकारको गलत क्रियाकलापबारे जनतालाई जागरुक बनाउन र पार्टी संगठनलाई गतिशील बनाउन जागरण अभियान सुरु प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

अभियानका क्रममा महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु–सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु बोकेर अभियानमा निस्किएको उनले बताए । 

अभियान केन्द्रदेखि ७७ जिल्लाकै वडातहसम्म सञ्चालन हुनेछन् । कार्यक्रम प्रभावकारी बनाउन आसनग्रहणदेखि ब्याच वितरणलाई व्यवस्थित बनाइने कांग्रेसले जनाएको छ ।  कांग्रेसले अबदेखि जनताबाट प्रदान गरिने ठूला मालासहितको सम्मान पनि ग्रहण नगर्ने बरु एक फूलको गुच्छाले स्वागत गर्ने परिपाटीको विकास गर्ने जनाएको छ। 

अभियानका लागि कांग्रेसले १२ भाषामा एउटा गीत बनाइएको छ । कांग्रेसले जागरण अभियानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रशिक्षण कार्यक्रमसमेत गर्ने भएको छ। 

जागरण अभियानमा को कहाँ ?

प्रदेश १-  यस प्रदेशकाे ताप्लेजुङमा सरिता प्रसाई, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल, संखुवासभामा ता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा। नारायण खडका, भोजपुरमा रामहरी खतिवडा, खोटाङमा उदय शम्शेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मिनाक्षी झा, उदयपुरमा प्रदिप गिरी, झापामा ज्ञानेन्द्र बहादुर कार्की, मोरङमा कृष्ण सिटौला, सुनसरीमा महेश आचार्यलाई खटाइएको छ।
 
प्रदेश २- यस प्रदेशअन्तरगत सप्तरीमा आनन्द प्रसाद ढुङगाना, सिराहामा महेन्द्र यादव, धनुुषामा बलबहादुर के।सी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय डिना,रौतहटमा रमेश रिजाल,बारामा, प्रकाशमान सिंह, पर्सामा फरमुल्लाह मन्सुरलाई खटाइएको छ।
 
प्रदेश ३- यस प्रदेशअन्तरगत दोलखामा रामकृष्ण यादव,रामेछापमा किरण यादव ,सिन्धुलीमा डा। रामशरण महत, काभ्रेमा डा। शेखर कोइराला,सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, रसुवामा जिवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदिप पौडेल,चितवनमा रमेश लेखक, मकवानपुरमा अजुननरसिंह केसी,भक्तपुर डा। मिनेन्द्र रिजाल, काठमाडौमा बालकृष्ण खाँडलाई खटाइएको छ ।
 
गण्डकी प्रदेश-  यस प्रदेशका गोरखामा ध्यानगोविन्द रन्जित,लमजुङमा कमला पन्त तनहुमा नविन्द्र राज जोशी, कास्की अर्जुन प्रसाद जोशी,मनाङ कृष्ण चन्द्र नेपाली,मुस्ताङमा बलबहादुर सिंह लामा तामाङ, पर्वतमा चिनकाजी श्रेष्ठ, स्याङजा मा गोबिन्द भट्टराई, म्याग्दी शुक्रराज शर्मा, बाग्लुङमा शंकर भण्डारी, नवलपुरपूर्व नवलपरासीमा दिपक गिरीलाई खटाइएको छ ।
 
प्रदेश ५- यस प्रदेशका नवलपरासी पश्चिम राधेचन्द्र यादव , रुपन्देहिमा पुष्पा भुसाल, कपिलवस्तुमा हरिप्रसाल नेपाल, पाल्पामा बालकृष्ण पाण्डे, अर्घाखाँचीमा दिपकुमार उपाध्याय ,गुल्मी अजय कुमार चौरासिया, रुकुम पुर्व रन्त शेरचन, रोल्पामा मानबहादुर विश्वकर्मा, प्युठानमा शिवराज जोशी , दाङमा मोहन बहादुर बस्नेत, बाँकेमा श्याम कुमार घिमिरे, बर्दियामा डा। डिला संग्रौलालाई खटाइएको छ। 

कर्णाली प्रदेश- यस प्रदेशका रुकुम पश्चिममा राजन प्रसाद पन्त, सल्यान पार्वता डि।सी चौधरी,डोल्पामा कुमार खडका,जुम्लामा रमा पौडेल, मुगुमा दिनवन्धु श्रेष्ठ, हुम्लामा हृयराम थानी ,कालिकोटमा डा। चन्द्र भण्डारी, जाजरकोटमा ध्रुव आले दैलेख दिलबहादुर घर्ती खटिने छन्।
 
सुदुर पश्चिम प्रदेश - यस प्रदेशका नौ जिल्ला बाजुरामा दिलेन्द्र प्रसाद बडु, बझाङमा मनमोहन भट्टराई,  डोटीमा शिव प्रसाद हुमागाई, अछाममा  गगन कुमार थापा, दार्चुलामा अतहर कमाल मुसलमान, डडेल्धुरामा बीरबहादुर बलायर, बन्चनपुरमा गुरुराज घिमिरे, कैलालीमा एन।पी सावद,  सम्बोधन गर्ने कांग्रेस मुख्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।