आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा लफडा : संसद् चलाउन सत्तापक्षको दबाब, विपक्षी अवरोधको अडानमा

लुम्बिनीमा लफडा : संसद् चलाउन सत्तापक्षको दबाब, विपक्षी अवरोधको अडानमा

लामो कसरतपछि चार दलीय गठबन्धनको सरकार बने पनि सरकारले वैधानिकता पाइसकेको छैन लुम्बिनी प्रदेशमा।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

बुटवल– लामो कसरतपछि चार दलीय गठबन्धनको सरकार बने पनि सरकारले वैधानिकता पाइसकेको छैन लुम्बिनी प्रदेशमा। नयाँ सरकार गठन भएपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको हो। 

सरकारले वैधानिकता दिएपछि मात्रै केसी नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने जनाएको छ। तर, सरकार गठन भएपछि आह्वान गरिएको नवौं अधिवेशनको शुरुको दिनदेखि नै विपक्षी एमालेले सदनमा अवरोध गर्दै आएको छ। 

प्रदेशसभामा सूूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र दाङबाट उपचुनाव लडेकी विमला कुुमारी वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले सदनमा अवरोध गरेको हो। प्रदेशसभाले शाही र वलीलाई कारवाही गर्न नमिल्ने पत्र एमालेलाई दिएपछि विवाद थप चर्किएको छ। 

विवादका बीच लुम्बिनी प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ। एमालेले २ जना सांसदलाई कारवाही नगर्दासम्म संसद् चल्न नदिने चेतावनी दिइसकेको छ। 

एमालेले दुईजना सांसदलाई कारवाही गरेको पत्र टाँस गरी पदमुक्त गर्न माग गर्दै सभामुुख पूर्णबहादुर घर्तीलाई निवेदन दिएको छ। एमालेले सभामुखले नैतिक आचरण नदेखाएको भन्दै पत्रकार सम्मेलन मार्फत पदमा नबस्न समेत चेतावनी दिएको थियो। 

एमालेले सांसद अजय शाही र विमलाकुमारी वलीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने जनाइसकेको छ। यसअघिका दुई वटा बैठक एमालेकै अडानका कारण स्थगित भएका थिए।

एमालेकै अवरोधका कारण बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ। तर, सत्तासिन दलहरुले भने बैठक चलाउन दबाब दिएका छन्। संसदमा आज अप्रिय घटना पनि हुनसक्ने सांसदहरुले बताएका छन्।

प्रकाशित: Aug 23, 2021| 13:01 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।