आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीको संसद् चल्न दिएन एमालेले, आधा घण्टाको नाराबाजीपछि बैठक स्थगित

लुम्बिनीको संसद् चल्न दिएन एमालेले, आधा घण्टाको नाराबाजीपछि बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

बुटवल– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए।

आधा घण्टाको नाराबाजीपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्। नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको हो। 

सरकारले वैधानिकता दिएपछि मात्रै केसी नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने जनाएको छ। तर, सरकार गठन भएपछि आह्वान गरिएको नवौं अधिवेशनको शुरुको दिनदेखि नै विपक्षी एमालेले सदनमा अवरोध गर्दै आएको छ। 

प्रदेशसभामा सूूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र दाङबाट उपचुनाव लडेकी विमला कुुमारी वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले सदनमा अवरोध गरेको हो।

सभामुख घर्तीले उनीहरु एमालेमा रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने निर्णय गरिसकेका छन्। एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ।

प्रकाशित: Aug 23, 2021| 14:07 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।