आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश सभाबाट विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री केसी, एमाले सांसद सहभागी नहुने

प्रदेश सभाबाट विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री केसी, एमाले सांसद सहभागी नहुने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सदनमा विपक्षी नेकपा एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सदनमा विपक्षी नेकपा एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेशसभाको आज दोस्रो पटक बैठक बसिरहेको छ। दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधका कारण स्थगित भएको थियो। सांसदहरुले करिब आधा घण्टासम्म नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए। 

प्रदेशसभामा सूूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र दाङबाट उपचुनाव लडेकी विमला कुुमारी वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले सदनमा अवरोध गरेको हो।

आजको दोस्रो बैठकमा भने एमालेका सांसदहरु उपस्थित नहुने भएका छन्। विपक्षी सांसदबिनै मुख्यमन्त्री केसीले विश्वासको मत लिन लागेका हुन्। माओवादीका केसी नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री भएका हुन्।


प्रकाशित: Aug 23, 2021| 15:02 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।