शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

नेपाल आयल निगमले पढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघले माग गरेको छ। निगमको कदम जनविरोधी भएको बताउँदै सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको हो।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेपाल आयल निगमले पढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघले माग गरेको छ। निगमको कदम जनविरोधी भएको बताउँदै सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको हो।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।

'कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गर्दछु,' तिमल्सिनाले विज्ञप्तिमार्फत भनेका छन्। उनले अत्यावश्यकिय उपभोग्य बस्तुमाथी पटक-पटक गरिएको मूल्य वृद्धिले उपभोक्ता मारमा पर्दै आएको बताएका छन्।

निगमले सोमबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाइएको जनाएको थियो। आन्तरिकतर्फको हवाइ उडानमा पनि निगमले इन्धनको मूल्यमा दुई रुपैयाँ बृद्धि गरेको छ।

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १३०, डिजेल ११३ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८६ रुपैयाँ पुगेको छ। यस्तै, निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १६ अमेरिकी डलरले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७७० अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ।

प्रकाशित: Aug 24, 2021| 07:50 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।