आइतबार, असार ८, २०८२

परासी बजार डुबानमा, १४ वर्षीय किशोर बेपत्ता

नवलपरासीको सुनवल नगरपालिकामा बाढीले बगाएर १४ वर्षीय किशोर बेपत्ता भएका छन्। सुनवलको वडा नम्बर-४ का १४ वर्षीय किशोर बेपत्ता भएका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

बुटवल- नवलपरासीको सुनवल नगरपालिकामा बाढीले बगाएर १४ वर्षीय किशोर बेपत्ता भएका छन्। सुनवलको वडा नम्बर-४ का १४ वर्षीय किशोर बेपत्ता भएका छन्। 

बस्तिमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अविरल वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभरफ्लो हुँदा र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घरहरू डुबानमा परेका छन्। 


डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर-१ को सहुवाटिकर, वडा नम्बर-२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर ३ को संगम टोल, मालटोल, लोकतान्त्रीक टोल, वडा नम्बर-५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुद्ध चोक टोल र वडा नम्बर-६ पोखरापाली टोल पुरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयमा पनि २ देखि ५ फिटसम्म जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ता कपडा, फर्निचरलगायत सामानमा क्षति पुगेको छ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए। जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्द्घाट नगरपालिकाका केही वडा पनि बाढीले जल्मग्न बनेका छन्।

प्रकाशित: Aug 27, 2021| 10:19 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।