आइतबार, असार ८, २०८२

बुटवलमा पहिरो खस्दा १९ घर जोखिममा

अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

बुटवल- अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर-३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो।

आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिमम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आएपछि भागेर ज्यान बचाएको बताए।

स्थानीयका अनुसार तीन घरमा पहिरो पसेको छ। पहिरो आएको चाडै थाहा पाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। यहि भदौं १० गते उक्त वस्तीमाथिको चुरेमा पहिरो गएपछि स्थानीयहरू सावधानी अपनाउँदै आएका थिए।  पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन्। पहिरोले बुटवलको गोलपार्कदेखी लक्ष्मीनगर जाने रिङरोडमा ठूलो क्षति पुगेको छ।

बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो खसेको छ। सोही ठाउँमा २०५५ सालमा पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो।




प्रकाशित: Aug 29, 2021| 11:01 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।