आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • डाक्टरलाई कालो मोसो दल्ने पक्राउ नपरेपछि स्वास्थ्यकर्मी आन्दोलित

डाक्टरलाई कालो मोसो दल्ने पक्राउ नपरेपछि स्वास्थ्यकर्मी आन्दोलित

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

दाङ– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई अनेरास्ववियु दाङ संयोजक लगायतले कालो मोसो दलेर अभद्र व्यवहार गरेपछि अस्पतालमा तनाव बढेको हो।

त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेर सडकमा प्रदर्शन गरेका छन्। घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ। 

अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन्। तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सयभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै सडकमा उत्रिएका छन्।

अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुले ‘वी वान्ट जस्टिस, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू– मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। तुलसीपुरको बजार परिक्रमापछि उनीहरुले राप्ती प्रादेशिक अस्पतालको प्रांगणमा पुगेर कोणसभा गरेका थिए।

अस्पतालभित्र सुरक्षा चुनौती थपिएको बताउँदै उनीहरुले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्। दोषीलाई कारबाही नहुँदासम्म अस्पतालमा काम गर्ने वातावरण नहुने अस्पताल सञ्चालन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालो मोसो दलेका थिए।

प्रकाशित: Aug 29, 2021| 16:44 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।